Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

हिमालयन लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण


काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १० लाख रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– ४, थकालिचोकस्थित थकालीचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।

संस्थाले मङ्गलबार मृतककै घरमा एक कार्यक्रमको आयोजना गरी संस्थाको एक जना सदस्य केन्द्र नं ६७ समूह न २ मा आबद्ध ज्ञानमति थारुको चट्याङको मृत्यु भएपश्चात् पाउनुपर्ने १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमान् अमिरिका थारुलाई एक लाख ७१ हजार सात सय ८८ रुपैयाँ कट्टा गरी आठ लाख ५३ हजार दुई सय १२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका–१ का वडा अध्यक्ष प्रदीप कुमार चौधरीले हस्तान्तरण गरेका छन् ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा उक्त गाउँका करिब २० जना सदस्य, वडाध्यक्ष साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी, बिजय चौधरी थारु र वीरेन्द्र यादवको उपस्थिति रहेको थियोे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x