Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य


काठमाडौं  । निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बस्दै आएका नेपालीले सुरक्षित र सहजरूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।

वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौँ नेपालीहरू आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् । कुवेतमा रहेका नेपालीले अब अलजमिल एक्सचेन्जको शाखाबाट छिटो र प्रभावकारीरूपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंक तथा वालेट भुक्तानी कारोबारहरू निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । साथै, नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाबाट सजिलै प्राप्त गर्न सकिनेछ । नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने ‘हामी अब अलजमिल एक्सचेन्जसँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरमा कस्ट अफ मुभिङ फन्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x