Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको शाखा स्थानान्तरण

नेपाल एसबीआई बैंकको शाखा स्थानान्तरण


काठमाडौं । नेपाल एसबीआई बैंकले शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका–५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं ८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको हो ।

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुविधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय वटा शाखा कार्यालय, २२ वटा एक्टेन्सन काउन्टर, १९ वटा शाखारहित सेवा केन्द्र, सात वटा प्रादेशिक कार्यालय, एक सय २१ वटा एटीएम काउन्टर र एउटा कर्पोेरेट कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x