Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र पोस्टम इन्फोसिसबीच साझेदारी

सिटिजन्स बैंक र पोस्टम इन्फोसिसबीच साझेदारी


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोस्टमबीच साझेदारी भएको छ । यस साझेदारीले पोस्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।

पोस्टम एप, पोस्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो । जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिको सिर्जना गर्न सक्छन् र ती सिर्जना गरिएका प्रस्तुतिलाई विभिन्न माध्यममार्फत मोनिटाइज गर्न सक्नेछन् । यो एपमार्फत सिर्जनाकर्ताहरूले विभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक, रचनान्तमक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन् । यसरी सामग्री बनाएर आय सिर्जना गर्ने पोस्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउने छ । प्रयोगकर्ताहरूले आफ्नो कमाइलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन् । यस सहकार्यले सिर्जनाकर्तालाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x