कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकका अनुसार तनहुँको भानु नगरपालिका–८ देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरूको नियमित पठनपाठनमा सहजताको निम्ति स्यानिटरी प्याड तथा सोको भेन्डिङ मेसिनलगायत विविध शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।
काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरू वितरण गरिएको हो । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा बीबीए अध्ययनरत उन्नति जोशी, समीक्षा घिमिरे, रोजिका थापा र आरजु जोन्छेको सक्रियतामा उक्त विद्यालयका छात्राहरूका निम्ति सो सहयोग गरिएको हो । महिनावारी अझै पनि लज्जाको विषयसँग जोडिन्छ र विशेषगरी ग्रामीण क्षेत्रका छात्राहरू महिनावारी भएपछि चार÷पाँच दिनसम्म विद्यालय नजाने गर्छन् । यस्तो अवस्थामा छात्राहरूको निम्ति महिनावारी व्यवस्थापन गर्दै पठनपाठनमा सहजताका लागि स्यानिटरी प्याड अतिआवश्यक रहेको विद्यालयका छात्राहरूले बताए । महिनावारीको बेला सहजतापूर्वक विद्यालय आवतजावत गर्न पर्याप्त स्यानिटरी प्याड हुनु अझै पनि नेपालका अधिकांश ग्रामीण क्षेत्रका छात्राहरूका लागि सपनाजस्तै हो । यसैलाई मध्यनजर गर्दै कम्तीमा पनि उक्त विद्यालयमा सो समस्याबाट अलिकति भए पनि राहत पुगोस् भन्ने ध्येयले सो सहयोग गरिएको ‘परिवर्तन’का टिम सदस्यहरूले बताए । सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड दिने घोषणा गरे पनि अझैसम्म कैयौँ विद्यालयमा प्याड पुगेको छैन । यस्तो अवस्थामा छात्राहरूलाई विभिन्न बहाना बनाएर घरमै बस्नुपर्ने बाध्यता रहेकोमा अब महिनावारी भएको बेला समेत छात्राहरू नियमित विद्यालय जाने उनीहरूको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया