Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपीयु शिक्षण अस्पताललाई सिद्धार्थ बैंकको अपरेसन थिएटर टेबल सहयोग

पीयु शिक्षण अस्पताललाई सिद्धार्थ बैंकको अपरेसन थिएटर टेबल सहयोग


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा दिपेन्द्र कुमार यादवलगायतको पनि उपस्थिति रहेको थियो ।

यो सहयोगले बिरामीले उच्चस्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ । यसैगरी बैंकले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको उद्घाटन गर्दै उक्त हल विद्यालयललाई औपचारिकरूपमा हस्तान्तरण गरेको छ । उक्त हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाद्वारा गरिएको हो ।

बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणजस्तै सोलार, युपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीको आवश्यकतालाई पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्म भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x