Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा


काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकका अनुसार घोषित लाभांशमध्येमा सात प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी पाँच प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । हाल बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ११ लाख ६५ हजार रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x