Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्स र ब्रदर्स अटोबीच सम्झौता

समृद्धि फाइनान्स र ब्रदर्स अटोबीच सम्झौता


काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र ब्रदर्स अटोबीच सम्झौता भएको छ । सम्झौताअनुसार समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् । यसका साथै दुई पाङ्ग्रे सवारीसाधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङ पनि गरिने फाइनान्सले जानकारी दिएको छ ।

फाइनान्सका अनुसार छुट प्राप्तिका लागि फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्छ । यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिने फाइनान्सले जानकारी दिएको छ ।

फाइनान्सले हाल सबै क्षेत्रमा गरी १३ वटा शाखा कार्यालय, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसबाहेक फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x