Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा बहुद्देश्यीय हलको उद्घाटन

सिद्धार्थ बैंकद्वारा बहुद्देश्यीय हलको उद्घाटन


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको श्री अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै उक्त हल विद्यालयलाई औपचारिकरूपमा हस्तान्तरण गरेको छ । हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले गरेका हुन् ।

बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरू जस्तै सोलार, युपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्म भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो स्थापना कालबाट नै विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x