Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम

लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम


काठमाडौं । लक्ष्मी बैंकले लक्ष्मी दुई सयभन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम दिएको छ । बैंकका अनुसार राष्ट्रिय बाल दिवस २०८१को उपलक्षमा किड पावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाहरूमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा ८, ९ र १० का दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिम प्रदान गरिएका विद्यालयहरू (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम गत भाद्र २५, २०८१ देखि भाद्र २८, २०८१ सम्म सञ्चालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरू, सहायक प्रधानाध्यापकहरू, शिक्षकलगायत लक्ष्मी सन्राइज बैंकका शाखा प्रमुखहरूको उपस्थितिमा उक्त तालिम सञ्चालन गरिएको थियो । गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गयाप्रसाद उपाध्यायले यस्ता सुरक्षासम्बन्धी ज्ञानवर्द्धक सिकाइलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यसको प्रभावकारिता अझ बढ्ने बताए । यसैगरी सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक मीनबहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरू शिक्षकमार्फत अन्य विद्यार्थीलाई सिकाइने बताए । साथै, उनले छात्राको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनमा समेत तालिम प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थीलगायत शिक्षकलाई समेत दिन सके यसले संरक्षित वातावरणमा पठनपाठनमा सहयोग पु¥याउने कुरा गान्धी आदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाइ रहेको थियो । यस प्रकारका प्रशिक्षणहरू अत्यन्त आवश्यक रहेकाले निरन्र्तताका लागि आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीले आग्रह गरेका थिए ।

उक्त तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता श्री सुष्मा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्णप्रसाद खनालले गरेका थिए भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो । सुष्मा पोखरेलका अनुसार दिन प्रतिदिन सुरक्षासम्बन्धी समस्याहरू बढ्दै गइरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सिपहरू सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरि यसलाई विस्तार गर्ने बताए । प्रशिक्षणका क्रममा सहभागी किशोरीहरूले सुरक्षाका विभिन्न समस्याहरू बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x