सम्पदा लघुवित्तको वित्तीय साक्षरता
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले दाङको उरहरी र पर्साको ठोरीमा वित्तीय साक्षरता प्रदान गरेको छ । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नम्बर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्नो संस्थामा आबद्ध ग्राहक सदस्यको सहभागितामा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरीमा ‘वित्तीय साक्षरता तालिम’ सञ्चालन गरेको हो । सो अवसरमा वित्तीय साक्षरता तालिमका साथसाथै तिज विशेष कार्यक्रम पनि सञ्चालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले जानकारी गराए । उक्त तालिममा कोमलप्रसाद जोशी, विक्रम उपाध्याय, रिमा कँडेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
सहभागीले वित्तीय साक्षरताको परिचय, बचतको महत्व र फाइदाहरू, कर्जाका फाइदाहरू कर्जा सदुपयोगिता गर्नुका फाइदाहरू आदि विषयहरूमा सहभागीहरूले जानकारी हासिल गरेका थिए । कार्यक्रममा सहभागीलाई तिजको दर खुवाउने कार्यक्रम पनि राखिएको थियो । वित्तीय साक्षरता तालिम, दर खाने कार्यक्रमका साथसाथै सहभागीहरूले वित्तीय साक्षरता झल्काउने गीत, तीज गीत गाउँदै नृत्य समेत गरेका थिए ।
उक्त कार्यक्रममा सभाध्यक्ष उरहरी शाखामा समुह नं २ समूह अध्यक्ष कृष्णा बस्नेत वली, प्रमुख अतिथि संस्थाका जोखिम व्यवस्थापन विभाग प्रमुख कोमल प्रसाद जोशी, विशेष अतिथि तुल्सीपुर उमानपा वडा नं ११ का वडाध्यक्ष मानबहादुर रावल, अतिथि मदनचौक असुली तथा अनुगमन अधिकृत विक्रम उपाध्याय, अतिथि जस्पुर प्रहरी कार्यालयका प्रमुख राम औतार चौधरी रहेका थिए । प्रमुख अतिथि कोमल प्रसाद जोशीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेको उक्त कार्यक्रममा ८१ ग्राहक सदस्यहरू, २० जना ग्राहक सदस्यहरूका अभिभावकहरू, आठ जना कर्मचारीहरू गरी एक सय नौ जनाको सहभागिता रहेको थियो ।
संस्थाले हाल ४५ वटा जिल्लाहरूमा एक सय ८३ वटा शाखा कार्यालयको सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रका शोषित, उत्पीडित, पिछडिएका गरिब विपन्न परिवारहरूका महिलालाई समूहमा आबद्ध गराई विनाधितो सामूहिक जमानीमा कर्जा प्रदान गर्नुका साथै विभिन्न किसिमको गैरवित्तीय सेवाअन्तर्गत आफ्ना ग्राहक सदस्यलाई सचेतनामूलक कार्यक्रम, परामर्श सेवाका साथै वित्तीय साक्षरता तालिम, सीप विकास तालिम, उद्यमशीलता विकास तालिम आदि समेत प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले २०८१ श्रावण मसान्तसम्ममा एक लाख ७७ हजार नौ सय ३० विपन्न घरधुरीमा सेवा विस्तार गरेको छ । संस्थाको २०८१ श्रावण मसान्तमा लगानीमा रहेको रकम नौ अर्ब ५५ करोड ६३ लाख पाँच हजार पाँच सय ७९ रहेको छ भने ग्राहक सदस्यहरूको बचत दुई अर्ब ५३ करोड ४२ लाख २१ हजार तीन सय ८५ परिचालन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया