माई–पेको दशैँ मेलामा विभिन्न अफर
काठमाडौं । युवाहरूमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरूको महान पर्व वडा दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला: चाडवार्डको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ।
युवालाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरूले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरू जित्न सक्ने छन् । माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ । मेगा पुरस्कारमा दुई जना विजेताहरूले आइफोन १६ र दुई जनाले हिराको औँठी जित्न सक्नुहुनेछ । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयर बड्स, स्मार्ट वाच, एनालग वाच, चाँदीको औँठी र १० हजार रुपैयाँ बराबरको ब्युटी प्रोडक्ट र धेरै गिफ्ट भौचर र डिस्काउन्ट भौचरहरू जित्न सकिने छ ।
कम्पनीको अनुसार यो माईपे मेला अवधिभर प्रयोगकर्ताहरूलाई ७५ लाख रुपैयाँ बराबरको डिस्काउन्ट र क्यास व्याक भौचरहरू प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको एक सय प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया