Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवाको दशैँ–तिहार अफरमा नयाँ कार जित्न सकिने

इ–सेवाको दशैँ–तिहार अफरमा नयाँ कार जित्न सकिने


काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाले यसपालिको दशै–तिहार र छठ पर्व लक्षित गरेर इ–सेवा महाउत्सव इ–सेवाको कारोबारमा नामीको दामी कार अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत असोज एकदेखि कार्तिक ३० गतेसम्म इ–सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । कार जित्नयोग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इ–सेवाका जुनसुकै सेवाको प्रयोग वा इ–सेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।

यसका साथै एक सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन् । मात्र एक सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् । त्यसैगरी दैनिक र साप्ताहिकरूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ । उक्त सेलमा प्रयोगकर्ताले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् । साप्ताहिकरूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इ–सेवाका विभिन्न सेवाहरूः मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, स्पिकर खरिद, बीमा भुक्तानीलगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्ने छन् । यी अफरबारे थप जानकारीहरू इ–सेवाको फेसबुक, इन्स्टाग्राम पेजलगायतका आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ ।

इ–सेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इ–सेवा लिमिटेड, सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यकाबाहिर पनि आठ वटा शाखा कार्यालयहरू र तीन वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख सहरहरूमा अवस्थित रहेका छन् । यस कम्पनीसँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहकहरू, दुई लाख ५० हजारभन्दा बढी एजेन्टस, ४९ बैंकहरू, ४५ लघुवित्तहरू, दुई हजार दुई सयभन्दा बढी इ–सेवा क्यास प्वाइन्ट तथा तीन लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x