Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी


काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही भदौ ३१ गते बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रेग्मीलाई नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार विगत दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज एक गते मंगलबारदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेसामा आबद्ध रहेका रेग्मीसँग बैंकिङलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको लेखापरीक्षण कार्य गरेको अनुभव समेत रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x