सिटी एक्सप्रेसको दशैँ–तिहार लक्षित उपहार योजना
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले १८ वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ९० दिनसम्म सञ्चालन हुने ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ उपहार योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार उपहार योजनाअन्तर्गत ‘लक्की ड्र’मार्फत हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही पाँच सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको छ । यो योजना १ असोजदेखि ३० मंसिरसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।
उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया