सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको खुद नाफा दुई गुणाले बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ३८ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा एक करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ३६ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १० करोठ ७६ लाख १८ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ३४ करोड ९१ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६६ करोड ७८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड २९ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ दशमलव ७३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६३ प्रतिशत रहेको छ ।
संस्थाले अघिल्लो आवमा भने ३० करोड ३३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड १६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड दुई लाख २३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम रकम ३५ लाख ५७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया