Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता


काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्युआर पेमेन्टका लागि सम्झौता भएको छ । बैंकले मनकामना दर्शनसँग नेपाल आएका भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रवद्र्धन गर्न सम्झौता गर्दै यसको विधिवतरूपमा सुरुवात गरेको हो ।

बैंकका अनुसार यसअन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकजस्तै भिमपे, युपीआई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् । मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरूको पहिलो रोजाइको रूपमा रहेकाले डिजिटल भुक्तानीमा समेत उल्लेख्यरूपमा वृद्धि हुने विश्वास लिइएको छ । यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने बैंकको भनाइ छ । यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोगप्रति बैंक सधैं प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको हाल देशभर सबै क्षेत्रमा गरी एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x