Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा

खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद नाफा खुम्चिएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३९ लाख ६९ हजार सात सय १० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा तीन करोड रुपैयाँले कम हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा चार करोड ८६ लाख सात हजार सात सय ६० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी छ करोड ८५ लाख ७१ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ८६ करोड १५ लाख दुर्ई हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४७ करोड ८६ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २८ लाख २९ हजार दुई सय ५० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १७ करोड ६४ लाख ५१ हजार एक सय ९० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १३ दशमलव २२ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ८२ करोड पाँच लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५१ लाख २१ हजार सात सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ९५ लाख ५९ हजार सात सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ५४ लाख २५ हजार एक सय ५० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव ५८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x