साहस ऊर्जाले लाभांश वितरण गर्ने
काठमाडौं । साहस ऊर्जा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको यही भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आठ दशमलव ४२ प्रतिशतको अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब ५० करोड रुपैयाँको आठ प्रतिशतका दरले २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशतका दरले एक करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद समेत गरी कुल आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७८ करोड रुपैैयाँ पुग्ने छ । बोनस सेयर वितरण भएपश्चात कायम रहेको चुक्ता पुँजीमा कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने समेत तयारी गरेको छ ।
घोषित लाभांश कम्पनीको यही कात्र्तिक चार गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीको भनाइ छ । उक्त सभामार्फत कम्पनीले एकै पटक चार वटा आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्ने तयारी गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ को वित्तीय विवरण पारित गर्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया