गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले बम्पर दशैँ योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हरेक नेपाली सेयरधनी भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरूको महान चाड वडादशैँ, शुभ दीपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा बम्पर दशैँ–तिहार अफर सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अनुसार यो योजना २०८१ साल असोज १ गते देखि २०८१ साल कात्तिक ३० गतेसम्म कायम रहने छ । यो योजनाअन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्दा, लक्की ड्रमार्फत भाग्यशाली तीन जना ग्राहकहरूले स्मार्ट वाच जित्न सक्ने छन् । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नुपर्नेछ ।
ग्राहकहरूले यो अफरअन्तर्गत खाता खोल्न कमलपोखरी, काठमाडौंस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू र गरिमा क्यापिटल लिमिटेडको वेवसाइटमार्फत विनाझन्झट घरमै बसी खाता खोल्न सक्ने छन् । यो योजनाअन्तर्गत लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्न सकिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया