वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ को भएको व्यवस्थाअनुसार नेप्सेले आर्थिक वर्ष २०८१/८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको हो ।
धितोपत्र सूचीकरण नियमावलीअनुसार वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले नेप्सेले सूचना जारी गर्दे शुल्क बुझाउन ताकेता गरेको हो । नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुुनेको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ रहेको छ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुुने कम्पनीको वार्षिक नवीकरण शुल्क एक लाख रुपैयाँ रहेको छ । यसैगरी डिवेञ्चर, म्युचुअल फन्ड (सामूहिक लगानी कोष)को वार्षिक नवीकरण शुल्क भने ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेको हकमा २५ हजार र ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुनेको हकमा ५० हजार रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया