Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरुले दिए घरजग्गामा छ खर्ब ५५ अब ऋण

बैंकहरुले दिए घरजग्गामा छ खर्ब ५५ अब ऋण


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पर्सनल होमलोन (व्यक्तिगत आवास) र रियलस्टेट (घरजग्गा) कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा कुल छ खर्ब ५५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ अर्ब ४७ करोड ४० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पर्सनल होमलोन र रियलस्टेट क्षेत्रमा कुल पाँच खर्ब ९९ अर्ब ४८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकममध्येमा व्यक्तिगत आवासमा तीन खर्ब ९५ अर्ब २३ करोड ७० लाख रुपैयाँ र घरजग्गा क्षेत्रमा दुई खर्ब ६० अर्ब ७२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिमा व्यक्तिगत आवासमा तीन खर्ब ५९ अर्ब ३६ करोड ६० लाख रुपैयाँ र रियलस्टेट क्षेत्रमा दुई खर्ब ४० अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले मात्र चालू आर्थिक वर्षको साउन महिनासम्ममा व्यक्तिगत आवासमा तीन खर्ब १६ अर्ब ३७ करोड ४० लाख रुपैयाँ र रियलस्टेट क्षेत्रमा दुई खर्ब २४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यी दुई शीर्षकमा वाणिज्य बैंकहरुले पाँच खर्ब ४० अर्ब ९१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ अर्ब ७८ करोेड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले पर्सनल होमलोन शीर्षकमा दुई खर्ब ८८ अर्ब ६५ कारोड ३० लाख रुपैयाँ र रियलस्टेट क्षेत्रमा दुई खर्ब आठ अर्ब ४७ करोड २० लाख रुपैयाँ समेत गरी कुल चार खर्ब ९७ अर्ब १२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरुले भने गत साउन महिनासम्म रियलस्टेट क्षेत्रमा २५ अर्ब ८० करोड ९० लाख रुपैयाँ र पर्सनल होमलोन शीर्षकमा ६५ अर्ब ६३ करोड रुपैयाँ गरी कुल ९१ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ७२ करोड ८० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले रियलस्टेट क्षेत्रमा २२ अर्ब चार करोड ८० लाख रुपैयाँ र व्यक्तिगत आवासमा ५८ अर्ब ७५ करोड ३० लाख रुपैयाँ समेत गरी कुल ८० अर्ब ८० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा १० अर्ब २८ करोड ७० लाख र पर्सनल होमलोन शीर्षकमा १३ अर्ब २३ करोड ३० लाख रुपैयाँ समेत गरी कुल २३ अर्ब ५२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ९५ करोड ९० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा नौ अर्ब ६० करोड १० लाख रुपैयाँ र पर्सनल होमलोन शीर्षकमा ११ अर्ब ९६ करोड रुपैयाँ गरी कुल २१ अर्ब ५६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x