Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको चाडपर्व लक्षित अफरै अफर

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित अफरै अफर


काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा अफरै अफरहरू सञ्चालनमा ल्याएको छ । बैंक असोज १७ गतेबाट २४औँ वर्षपार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यास ब्याक तथा विशेष छुट अफरहरू ल्याएको छ । जसको फाइदा ग्राहकले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू जस्तैः मोबाइल बैंकिङ एमबिएल एम स्मार्ट (एपीपी), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत लिन सक्नेछन् ।

बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिमास बैंकको मोबाइल बैंकिङ मोबाइल एम स्मार्ट (एप) डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुटर त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २४ सय मात्रमा प्रदान गर्नेछ । साथै, बैंकले मोबाइल बैंकिङ एमबिल स्मार्ट (एप) सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्डर डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

यसै क्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न मर्चेन्टहरूबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम एक सय २४ रूपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रूपैयाँको क्यास ब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x