Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीबीआईएल सेक्युरिटिजको साधारणसभा

सीबीआईएल सेक्युरिटिजको साधारणसभा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार आफ्नो कार्यालय परिसरमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षता तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका चिफ फाइनान्स अफिसर प्रमेशराज कायस्थको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात र मिति २०८० साउन १ देखि २०८१ असार ३१ सम्मको नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गरिएको छ । साथै, कम्पनीले गत वर्षहरूको सञ्चित मुनाफा तथा आव २०८०।८१ को वितरण योग्य मुनाफाबाट असार मसान्त २०८१ मा कायम रहेको चुक्ता पुँजीको पाँच दशमलव २६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं ९१) सीबीआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट आफ्ना ग्राहकलाई धितोपत्र कारोबार सेवा दिँदै आइरहेको छ । साथै, कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरूमार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x