Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा

हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले असोज ७ देखि हकप्रदमा अवितरित सेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समूहको १४ लाख ४६ हजार तीन सय ५९ कित्ता सेयर आज असोज ७ देखि असोज १४ गतेसम्म लिलाम गर्न लागेको हो ।

यस लिलामको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यी सेयरको न्यूनतम मूल्य एक सय रूपैयाँँ कायम गरेकोले सोभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ । सबैभन्दा बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । त्यसपछि पनि सेयर बाँकी रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । यही प्रक्रियाअनुसार सेयर बाँकी नरहेसम्म सेयर बाँडफाँट हुनेछ ।

लिलामीको सेयरमा आवेदन दिँदा न्यूनतम एक सय कित्ताको लागि आवेदन दिनुपर्नेछ । अधिकतम भने पूरै सेयरको लागि आवेदन दिन सकिने छ । काठमाडौंभित्र नबिल इन्भेस्टमेन्टको नक्सालस्थित कार्यलयबाट सिलबन्दी फारम लिएर त्यही आवेदन दिन सकिने छ । काठमाडौंबाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सूर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय ऊर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x