‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ महाकाव्यकार अर्याललाई
काठमाडौं । २१औँ संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार २०८१ असोज ५ मा महाकाव्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको महालक्ष्मी विकास बैंकले जानकारी दिएको छ । तत्कालीन यति फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको)बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ विसं २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश ‘ख’का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संयुक्तरूपमा प्रदान गरेका हुन । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आगलागीबाट ३५ लाख बराबरको क्षति
- महोत्तरीका विद्यालय गर्मीका कारण बन्द
- कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
- सन नेपाल लाइफको साधारणसभा सम्पन्न
- सिद्धार्थ बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट
- ‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ महाकाव्यकार अर्याललाई
- कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
- हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया