Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन नेपाल लाइफको साधारणसभा सम्पन्न

सन नेपाल लाइफको साधारणसभा सम्पन्न


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर दुई वटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौँ वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमाङ्क रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रूपैयाँँसम्म बीमा कम्पनीले व्यहोर्ने आकर्षक विशेषता रहेको जानकारी कम्पनीले दिएको छ ।

‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको जानकारी गराउँदछौँ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा एक लाख रूपैयाँँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजनाअन्तर्गत आपतकालीन उपचार गर्दा यसबाट आमनेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको जानकारी कम्पनीले दिएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरू रहेका छन् ।

आठौँ वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेसन सेक्युरिटी म्यानेजमेट)सँग सम्बन्धित आईएसओ २७००१ सम्परीक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको छ । यसका लागि प्रमाणीकरण गर्ने निकायबाट अडिट सम्पन्न भएको जानकारी कम्पनीले दिएकोे छ । सातौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले सात वर्ष सात प्रदेश सात दिन सात सत्कर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरू सम्पन्न गरेको छ । सात सत्कर्मअन्तर्गत प्रभातफेरी, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्यशाला तथा शैक्षिक सामग्री गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी सातथरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थी माझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकता बारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न सहरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पार्नुभएको थियो । यस अवसरमा कम्पनीमा स्थापनाकालदेखि कार्यरत कर्मचारीहरूलाई कदरपत्र प्रदान गरेको छ ।

सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x