निरन्तर बढ्दै बैंकहरुको खर्च तलब भत्तामा मात्र महिनामा आठ अर्ब ३७ करोड खर्च
अर्थतन्त्रमा देखिएको शिथिलताको कारण कर्जा विस्तार कम हुँदा बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी र नाफामा अपेक्षाकृत वृद्धि नभए पनि बैंक तथा वित्तीय संस्थाको नियमित खर्च भने बढ्दै गएको छ । कर्मचारीको पारिश्रमिक, भत्ता र कार्यालय खर्चमा कटौटी गर्न नमिल्ने भएका कारण बैंकहरुको नियमित खर्च बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा सञ्चालनमा रहेका ५४ वटा संस्थाहरुले कर्मचारीको पारिश्रमिक र सञ्चालन खर्चमा मात्र आठ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्षको साउन महिनाको तुलनामा ६२ करोड ७० लाख रुपैयाँले बढी हो ।
गत वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले चार अर्ब ७२ करोड ४० लाख र कार्यालय व्यवस्थापनको लागि तीन अर्ब एक करोड ९० लाख रुपैयाँ गरी कुल सात अर्ब ७४ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए । गत साउनमा बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको पारिश्रमिकमा पाँच अर्ब २९ करोड ६० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा तीन अर्ब सात करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । गत साउनमा वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा चार अर्ब ६७ करोड ३० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा दुई अर्ब ६६ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्ष साउनको तुलनामा ५४ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनमा वाणिज्य बैंकहरुले कर्मचारीहरुको तलव भत्तामा चार अर्ब १७ करोड ८० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा दुई अर्ब ६१ करोड ५० लाख रुपैयाँ गरी कुल छ अर्ब ७९ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए ।
विकास बैंकहरुले गत साउनमा कर्मचारीहरुको तलबभत्तामा ५० करोड ४० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा ३२ करोड ६० लाख रुपैयाँ गरी कुल ८३ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्ष साउन महिनाको तुलनामा छ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनमा विकास बैंकहरुले कर्मचारीको तलबभत्तामा ४४ करोड रुपैयाँ र कार्यालय व्यवस्थापनमा ३२ करोड ३० लाख रुपैयाँ गरी कुल ७६ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए । aगत साउनमा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलबभत्तामा ११ करोड ९० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा आठ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्ष साउन महिनाको तुलनामा एक करोड ३० लाख रुपैयाँ मात्र बढी हो । गत वर्ष साउनमा फाइनान्स कम्पनीहरुले तलबभत्तामा १० करोड ६० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा आठ करोड २० लाख रुपैयाँ गरी कुल १८ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
- झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
- नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने
- अर्थतन्त्रलाई लायमान बनाउन पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण छ: कार्यवाहक प्रधानमन्त्री
- उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
- ‘निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी गर’
- मानवता इतिहासकै कठिन मोडमा रहेकाले विश्व एकता आवश्यक छ: परराष्ट्रमन्त्री
- सुस्तामा एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया