एनएमबी नेक्सट जेन बैंकिङ लिडरर्स स्करलसिप घोषणा
काठमाडौं । एनएमबी बैंकले भविष्यमा बैंकिङ क्षेत्रको लिडर बन्ने सम्भावना बोकेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबी नेक्सट जेन बैंकिङ लिडरर्स स्करलसिपको घोषणा गरेको छ । बैंकले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यार्थीहरूमा अग्रिमरूपमा नेतृत्वशैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबी बैंकले लिएको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो । विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबी बैंकले लिएको छ ।
दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर दुई सय एक वटा शाखाहरू, एक सय ८७ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
- कोसीमा पानीको बहाव घट्दै
- २४ सय ६४ बिन्दुमा खुम्चियो शेयर बजार
- इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका प्रमुख नेताको मृत्यु
- पूर्वरक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने
- चिनियाँ वस्तुमा कर वृद्धिको परिणाम नराम्रो हुने चेतावनी
- भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
- धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा निगम सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया