नेपाल एसबीआई बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता
काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालि, धुलिखेलबीच सम्झौता भएको छ । बैंकका अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाद्य तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देवको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र आगन्तुक रिसोर्ट प्रालिका वरिष्ठ प्रबन्धक (बजार तथा बिक्री) श्रीमती सरस्वती गुरुङले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, यादवेन्द्र कान्त, सल्लाहकार, छविराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले हाल सबै क्षेत्रमा गरी एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सातवटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपाल एसबीआई बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता
- एनएमबी नेक्सट जेन बैंकिङ लिडरर्स स्करलसिप घोषणा
- कुमारी बैंकको दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा
- सिद्धार्थ बैंकको दशैँ विशेष योजना
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकहरूलाई छुट
- ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
- स्टाफ कलेज र कर्मचारीलाई नैतिक शिक्षा
- स्वरोजगारमुखी शिक्षाको आधार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया