हुलास फिनसर्भ हायर पर्चेज र एनएमबी क्यापिटलबीच सम्झौता
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशनमार्फत २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त साधारण सेयर निष्काशन गर्नेसम्बन्धी कार्यका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइतबार हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी गराएका छन् । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोसीमा पानीको बहाव घट्दै
- २४ सय ६४ बिन्दुमा खुम्चियो शेयर बजार
- इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका प्रमुख नेताको मृत्यु
- पूर्वरक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने
- चिनियाँ वस्तुमा कर वृद्धिको परिणाम नराम्रो हुने चेतावनी
- भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
- धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा निगम सम्मानित
- इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई–स्कुटर प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया