Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने


काठमाडौं । एनएलजी इन्स्योेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ६२ प्रतिशत अर्थात् ६२ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरूले न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । सोही आधारमा कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले यही असोज १४ गते यो कम्पनीहरूलाई मागअनुसारको हकप्रद सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।

कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपश्चात भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x