स्ट्यान्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबीच सहकार्य
काठमाडौं । एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम सञ्चालनको लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्थाबीच सहकार्य गरेका छन् । एसियाली विकास बैंकबाट प्राप्त हुने यो ऋणबाट सञ्चालन हुने यो कार्यक्रममा सहकार्यका लागि दुवै पक्षले सोमबार सम्झौता गरेका हुन् । एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम वित्तीय पहुँच वृद्धिमा केन्द्रित कार्यक्रम भएको र नेपालमा यस किसिमको साझेदारी पहिलो भएको स्ट्यान्र्डड चार्टर्ड बैंकले नेपालले जानकारी दिएको छ ।
यो ऋणको जोखिम बहनमा एसियाली विकास बैंक र स्टान्डर्ड चार्टर्ड बैंकबीच सहकार्य भएको छ । ’नेपालमा एडीबीको लघुवित्त कार्यक्रम सुरू गर्न पाउँदा म खुसी छु,’ एसियाली विकास बैंकका आवासीय निर्देशक अनार्ड कोचोइसले भने, ‘गरिब र सिमान्तकृत महिलाहरूको वित्तीय पहुँच वृद्धि गरेर यो कार्यक्रमले लैङ्गिक विभेद कम गर्न सहयोग पुग्नेमा म विश्वस्त छु ।’
स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले नेपाली समुदायमा नवप्रवर्तक विचार प्रसारको लागि आफ्नो अन्तर्राष्ट्रिय सञ्जालको प्रयोग गर्न कटिबद्ध रहेको बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया