नेपाल बैंकको उत्कृष्ट कर्जा योजना
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड (नेबैलि)ले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून व्याजदर सात दशमलव ७० मा नेपाल बैंक लिमिटेड सर्वसुलभ आवास कर्जा ल्याएको छ । नेबैलि सर्वसुलभ आवास कर्जाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले पाँच वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकी सेवा शुल्कमा अधिकतम ३३ दशमलव ३३ प्रतिशतसम्म छुट प्रदान गरी पाँच लाखदेखि अधिकतम दुई करोड रुपैयाँँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।
यसका अतिरितm बैंकले समृद्ध व्यवसाय कर्जा, नेबैलि अटो लोनलगायत विभिन्न कर्जाको व्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सीमा १० करोडसम्म रहेको बैंकले समृद्ध व्यवसाय कर्जाको व्याजदर आठ दशमलव २८ प्रतिशत रहेको छ भने व्यावसायिक ग्राहकहरूले चालू पुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । त्यसैगरी नयाँ गाडी खरिदको लागि पाँच र सात वर्ष भुक्तानी अवधि राखी बैंकले प्रवाह गर्ने बैंकले अटो कर्जाको व्याजदर हाल सात दशमलव ७८ प्रतिशत रहेको छ ।
बैंकले हाल देशभर दुई सय २९ वटा शाखा, ६० एक्स्टेन्सन काउन्टर र दुई सय पाँच वटा एटीएम काउन्टरबाट सेवा सञ्चालन गरिरहेको बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैँ कटिबद्ध रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया