राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोर्टसबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोर्टस प्रालिबीच विद्युतीय (ईभी) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक सात दशमलव सात ७७ प्रतिशत स्थिर व्याजदरमा निजी सवारी (रातो प्लेट)को नामी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्नेछ ।
कर्जा रकमको शून्य दशमलव ७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुनेछ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १२ वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया