हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारीमा श्रेष्ठ
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छन् । उनले आधिकारिकरूपमा बिहीबारदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।
नवनियुक्त सीईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पुर्याउन सफल भएको छ । सिईओको रूपमा, उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।
नियुक्तिको अवसरमा नवनियुक्त सीईओ अञ्जु श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, ‘हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।’
कम्पनीका अध्यक्ष महेन्द्र के श्रेष्ठले पनि आफ्नो विचार राख्दै भने, ‘हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उनले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ ।’
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
- इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
- अवैधरूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिकन सेनाले चलायो गोली, छ जनाको मृत्यु
- लेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’
- केएल दुगड समूहका अध्यक्षलाई ‘जैन समाज रत्न’ सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया