फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छान्ने काम
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तरवार्ता स्थगित गरेको छ । मन्त्रालयले शुक्रबार बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचीमा समावेश भएका आवदेकहरूको अन्तरवार्ता स्थगित गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको स्वास्थ्य अवस्था ठीक नभएपछि अन्तरवार्ता स्थगन गरिएको मन्त्रालयले जनाएको छ । अधिकारी सिफारिस समितिका संयोजक रहेका थिए । संयोजक नै बिरामी भएपछि अन्तरवर्ता लिने काम रोकिएकोे मन्त्रालयले जनाएको छ ।
शुक्रबार संक्षिप्त सूचीमा समोवश भएका तीन आवेदकको व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तरवार्ता गर्ने कार्यक्रम थियो । बिहान ८ बजे आवेदकलाई बोलाए पनि अधिकारीको अस्वस्थ्यतालाई देखाउँदै अध्यक्ष नियुक्ति प्रक्रिया रोकिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । संक्षिप्त सूचीमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र बीमा प्राधिकरणकाका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाइँ थिए ।
अध्यक्ष चयनको प्रक्रिया रोकिएकोमा बोर्डका केही सदस्यहरू भने रुष्ट बनेका छन् । नेपालको धितोपत्र बजारमा समस्याको चाङ छ अर्कोतर्फ सरकारले अध्यक्ष प्रक्रिया राकेर तमासा देखाउने काम गरेको बोर्डका एक सदस्यले बताए । ती सदस्यले सरकार र अर्थमन्त्रीको स्वार्थमा दिइने नियुक्तिले बोर्डले गर्नुपर्ने कामभन्दा पनि निर्णयमा विवादित बनाउने सम्भावना रहेको बताए । मन्त्री तथा मन्त्रालयका पदाधिकारीको स्वार्थका कारण अध्यक्ष नियुक्ति गर्दा अर्बौँ लगानीको जोखिम समेत देखिएको बोर्डका अधिकारीहरूको भनाइ छ । बोर्डको कामकारबाही सही ढङ्गबाट अघि बढे मुलुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने समेत उनीहरूको दाबी छ ।
बोर्डको अध्यक्ष नियुक्त नहुँदा करिब २८ अर्ब रुपैयाँबराबरको साधारण सेयर सार्वजनिक निष्कासन (आईपीओ)को प्रक्रिया समेत अवरुद्ध भएको छ । बोर्डको अध्यक्ष नियुक्तिको विषय संवेदनशील भएको बोर्डका प्रवक्ता नवराज अधिकारीले बताए । अध्यक्ष नियुक्ति नहुँदा आईपीओ र नयाँ साधारण सेयर (एफपीओ) लगायत बोर्डका कामकारबाहीलाई अघि बढाउन नसक्दा देशभित्र र बाहिरका लगानीकर्तामा नराम्रो सन्देश गएकोले नियुक्ति प्रक्रियालाई छिटो सक्नुपर्ने उनले बताए ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बनाएको भन्दै आफूमाथि आरोप लागेको विषयमा सार्वजनिकरूपमै स्पष्टीकरण दिएका थिए । प्रधानमन्त्रीको सो वक्तव्यले पनि बोर्ड अध्यक्ष नियुक्ति विवादरहित हुन नसकेको सन्देश दिएको छ ।
बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईँ गरी पाँच जनालाई कार्यपत्र मूल्याङ्कन तथा अन्तरवार्ताका लागि छनोट गरेको थियो । अन्तरवार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ उपस्थित भइसकेका छन् भने बाँकी तीन जना उपस्थित भएनन् । धितोपत्र ऐनमा तीन जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । गत वर्ष पुस २१ गतेदेखि बोर्डको अध्यक्ष पद खाली भएको थियो । गत वर्ष पुस २० गते बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिए पनि नयाँ अध्यक्ष नियुक्त भएको छैन ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया