Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई लाइफ इन्स्योरेन्सको उपहार योजना कार्यक्रम

आइएमई लाइफ इन्स्योरेन्सको उपहार योजना कार्यक्रम


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । यही असोज १६ गते कम्पनीको केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मिटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा विजेताको नाम घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतीय हिटर, तेस्रो पुरस्कारमा पाँच ग्राम सुन, दोस्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कारअन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

साथै, आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x