कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
काठमाडौं । कुमारी बैंकको विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न भएको छ । युसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको हो ।
वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरूपमा उद्यमशीलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संबेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- लाइफ इन्स्योेरेन्स कर्पोेरेसनले हकप्रद सेयर जारी गर्ने
- नेपाल वेयर हाउजिङ कम्पनीको विशेष साधारणसभा आह्वान
- मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल
- आइएमई लाइफ इन्स्योरेन्सको उपहार योजना कार्यक्रम
- अरुण भ्याली हाइड्रो पावरको साधारणसभा
- एनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा
- विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया