ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई स्वास्थ्य सेवाहरूमा न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेेछ ।
छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ । अस्पतालमा बैंकका ग्राहकहरूले दर्ता शुल्कमा शत प्रतिशत, अस्पतालको सामान्य शय्या शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेसन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, दुई सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया