नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा आयोजना
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वडादशैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । वडादशैँको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले हामीलाई त वडादशैँ लाग्यो है ! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।
हामीलाई त वडादशैँ लाग्यो है ! नामक यस टिकटकको जिंगलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही मिति २०८१ असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्नुहुनेछ । दशैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो वडादशैँ रमाइलो रहोस् भन्ने कामनासहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफ सबैलाई आह्वान गर्छ ।
यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वडादशैँ २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गरे । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्ने कुरा बताएका छन् । यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वडादशैँ २०८१, तिहार, नेपाल संवत् ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाढीपहिरो: काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
- अल्लो, ढाका र गार्मेन्टका उत्पादनमा आकर्षण
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षक दरबन्दी थप्ने निर्णय
- बाढीबाट क्षति भएका संरचनाको छिटो मर्मत गर्न आग्रह
- सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
- क्यान महासंघका अध्यक्ष पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित
- रियलमीको शून्य प्रतिशत ईएमआई अफर
- साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको विपत् प्रभावितलाई सहयोग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया