नेपाल एसबिआई बैंकद्वारा उद्वार कोषमा २५ लाख रुपैंयाँ सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैंयाँ सहयोग प्रदान गरेको छ । बैंकका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि उक्त रकम प्रदान गरिएको हो ।
उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत, यादवेंदकांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, विकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैकले हाल एक सय वटा शाखा, २२ एक्सटेन्सन काउण्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हेटौडा फाखेल हुदै काठमाण्डौ जोडने बैकल्पिक छोटो मार्ग संचालनमा
- चाडपर्व लक्षित सुरक्षा योजना सफल पार्न चार हजार प्रहरी परिचालित
- मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई
- दक्षिणकाली मन्दिरमा राष्ट्रपतिद्वारा पूजाअर्चना
- सप्तकोसीमा जलसतह घट्दै गएपछि ‘जेटबोट’ पुन: सञ्चालनमा
- तातोपानी नाका ह्युमपाइपले जोडियो
- बाढीपहिरो: काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
- अल्लो, ढाका र गार्मेन्टका उत्पादनमा आकर्षण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया