Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु समूहद्वारा विपद् प्रभावितलाई सहयोग

प्रभु समूहद्वारा विपद् प्रभावितलाई सहयोग


काठमाडौं । प्रभु समूहले बाढीपहिरो प्रभावितलाई एक करोड ७५ लाख रूपैयाँ सहयोग गरेको छ । प्रभावित परिवारका लागि सहायतास्वरूप एवम् नेपाल सरकारलाई प्रभावितहरूको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु समूहअन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार सहयोग गरेको हो ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ७५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रभु समूहअन्तर्गतका उल्लेखित संस्थाहरूबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट प्रभावितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समूहले गरेको छ ।

साथै, प्रभु समूहले बाढी तथा पहिरोबाट घाइते नागरिकहरूको शीघ्र स्वास्थलाभको कामना र मृतकजनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x