Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकले जित्यो वेस्ट बैंकसहित पाँच उपाधि

लुम्बिनी विकास बैंकले जित्यो वेस्ट बैंकसहित पाँच उपाधि


काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्डस २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचवटै विधामा उपाधि जित्न सफल भएको छ । इन्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेस्ट बैंक, बेस्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेस्ट पर्फमेन्स अन असेस्ट म्यानेजमेन्ट नेपालमा विजेता एवं बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेस्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ ।

अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । इन्डियन चेम्बर अफ कर्मसले गत वर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो । अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो । स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शिता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकाले अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका अवार्डहरू जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको छ ।

अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकायलगायत सबैको योगदान र सहयोग रहेको छ । तीन दशमलव पाँच अर्ब चुक्तापुँजी भएको राष्ट्रियस्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, एक वटा एक्टेन्सन काउन्टर र २० वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x