Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविदेशमा उपचार गराउन १५ हजार डलरसम्म सटही सुविधा

विदेशमा उपचार गराउन १५ हजार डलरसम्म सटही सुविधा


काठमाडौं । अबदेखि विदेशस्थित अस्पतालमा गई औषधि उपचार गर्न १५ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाइने भएको छ । नेपाल राष्ट्र बैकले बुधबार विदेशी मुद्राको कारोबार गर्न अनुमतिप्राप्त कम्पनीहरुको नाममा नयाँ परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

नयाँ व्यवस्थाअनुसार अबदेखि विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य नागरिकहरूलाई आवश्यक सबै प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसको लागि बाह्य मुलुक गई उपचार गराउन चाहने वा गर्नुपर्ने व्यक्तिले नेपालका अस्पतालमा स्वास्थ्य परीक्षण गराई बाह्य मुलुक गई उपचार गराउन उपयुक्त हुने भनी स्वदेशका डाक्टरले उपलब्ध गराएको सिफारिसपत्र तथा विदेशस्थित अस्पतालबाट उपचारमा लाग्ने अनुमानित खर्च उल्लेख भएको कागजात पेस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

यस्तो सटही सुविधा विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत)ले भुक्तानी पाउने गरी पठाउनुपर्ने छ भने यस व्यवस्थाअन्तर्गत सटहीबापत लिएको रकमको खर्च विवरण उपचारबाट फर्केको १५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामा बुझाउनुपर्नेछ ।

यसरी सटही सुविधा प्रदान गरेपश्चात् उक्त सुविधा दिइएका व्यक्तिहरूको नाम, ठेगाना, फोन नम्बर, सटही लिएको मुद्रा र रकम उपचार गराउने विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत) को नाम, ठेगाना एवम खर्च फछ्र्याैट भए÷नभएको विवरण अर्धवार्षिक रुपमा अवधि समाप्त भएको मितिले १५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय विभागमा पठाउनुपर्नेछ । यो परिपत्र कार्यान्वयनमा आउनुअघि भने नेपाली नागरिकहरूलाई सबै प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १० हजारसम्म सटही सुविधा प्रदान गर्नसक्ने व्यवस्था थियो ।

नयाँ परिपत्रअनुसार हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जाहरू तत्काल विदेशबाट मगाउनुपरेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्यसम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिनेछ । यसअघि हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जाहरू तत्काल विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था रहेको थियो । यसैगरी वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलव्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा उपलब्ध गराउनुपर्नेछ । यसअघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलव्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० सम्मको सिमा तोकिएको थियो ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा फिर्ता पठाउनेसम्बन्धी व्यवस्थाअन्तर्गत विदेशबाट विभिन्न प्रयोजनको लागि प्राप्त भएका विदेशी मुद्रा रकम पठाउने बैंकबाट फिर्ता गर्न माग भई आएमा र जुन प्रयोजनको लागि विदेशी मुद्रा भित्रिएको हो सोअनुरुप खर्च नहुने भएमा र त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भइसकेको भए बेनेफिसरीको समेत सहमति लिई प्राप्त भएको विदेशी मुद्राको सीमा ननाघने गरी अमेरिकी डलर १० हजारसम्म वा सोबराबरको विदेशी मुद्रा आवश्यक कागजातका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय पालना हुने गरी रकम प्राप्त गर्ने सम्बन्धित बैंकले एजेन्सी खातामा जम्मा भएको ६० दिनभित्र फिर्ता पठाउन सक्नेछ । तर, त्यस्तो रकम अवैधानिक तथा आपराधिक प्रकृतिको भएमा फिर्ता पठाउन मिल्ने छैन । साथै, त्यस्तो अमेरिकी डलर १० हजारसम्म विदेशस्थित आफ्नो एजेन्सी खातामा जम्मा भइसकेको तर सम्बन्धित लाभग्राहीको खातामा जम्मा भइनसकेको वा भुक्तानी भइनसकेको विदेशी मुद्रा रकमहरू फिर्ताको लागि सम्बन्धित बैंकबाट आधिकारिक अनुरोध भएमा एजेन्सी खातामा जम्मा भएको ६० दिनभित्र सम्म मात्र फिर्ता गर्न सकिने छ । यसरी फिर्ता गरिएको फेहरिस्त मासिकरुपमा महिना व्यतीत भएको १५ दिनभित्र यस विभागमा पठाउनु पर्नेछ । तर, त्यस्तो रकम शंकास्पद देखिएमा फिर्ता पठाउन मिल्नेछैन । यसअघि यस्तो रकमको सिमा अमेरिकी डलर पाँच हजारसम्म तोकिएको थियो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थाहरुलाई सम्बन्धन, परीक्षालगायतका शुल्कहरुको भुक्तानीको लागि देहाय बमोजिमका कागजात लिई अमेरिकी डलर २५ हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्नेछन् । अमेरिकी डलर २५ हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी रकमको भुक्तानीको लागि माथि उल्लिखित कागजातहरु सहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । यसअघि अमेरिकी डलर १२ हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको परिपत्रमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x