Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकका ग्राहकलाई निःशुल्क फन्ड ट्रान्सफर सुविधा

ज्योति विकास बैंकका ग्राहकलाई निःशुल्क फन्ड ट्रान्सफर सुविधा


काठमाडौं । बडादशैँ २०८१ को अवसरमा ज्योति विकास बैंकले निःशुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

शून्य रुपैयाँमै फन्ड ट्रान्सफरको योजनाले ग्राहकहरूलाई दशैँको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवद्र्धन हुने विश्वास बैंकले बोकेको छ । विद्युतीय कारोबारलाई ग्राहकमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको छ ।

डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रियरूपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणमार्फत हरेक वर्ष करिब १७ सय १५ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x