Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी योजना’

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी योजना’


काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथी योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले यो दशैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको हो । डिजिटल बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो ।

यसअन्तर्गत ग्राहकहरूले सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत धेरै सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरू पाउनेछन् । यस्तो सुविधामा रियल टाइममा नेपाली रुपैयाँ आठ लाखसम्म मुद्दती धितोे कर्जाको सुविधा रहेको छ । बैंकका अनुसार यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ । अनलाइनमार्फत नै केवाईसी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा, आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने सुविधा, ग्राहक स्वयंले आफू कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयं जाँच गर्न सक्ने सुविधा र एप्लिकेसनमार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा समेत रहेको छ ।

यो एपको सुरुवातसँगै ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्षरूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उक्त मोबाइल एप्लिकेसनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालितरूपमा अपडेट हुनेछ । उक्त एप्लिकेसन एप्पल स्टोर र प्लेस्टोरमा पनि उपलब्ध छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x