Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऊर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऊर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऊर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले सात वर्ष अवधि तथा वार्षिक छ प्रतिशत व्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र छ प्रतिशत (२०८८/८९)’ नामको कुल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात कुल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x