Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन नेपाल लाइफले पायो आईएसओ-आईईसी २७००१ः२०२२ प्रमाणपत्र

सन नेपाल लाइफले पायो आईएसओ-आईईसी २७००१ः२०२२ प्रमाणपत्र


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएएस (युनाईटेड किङगडम एक्स्रीडिटेसन सर्भिस) बाट मान्यता प्राप्त एमिटिभो लिमिटेड युकेबाट आईएसओ÷आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधार आईएसओ÷आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम सम्परीक्षण गरी आईएसओ÷आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । यसबाट कम्पनीले रिक्स बेस मोडालिटीमा हरेक प्रक्रियाहरूमा के–कस्ता जोखिमहरू छन्, त्यसको अल्पकालीन तथा दीर्घकालीन प्रभावहरू के हुन सक्छन् ? यकिन गर्ने र त्यसको नियन्त्रणको लागि फस्र्ट लाइन अफ डिफेन्सबाटै जोखिम न्यूनीकरणको रणनीति तयार गर्नेछ ।

आईएसओ÷आईईसी २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय–समयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने जनाइएको छ । यो मानकले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरूको सुरक्षा प्रणालीहरूको अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्ने कम्पनीको दाबी छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x