Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको वार्षिक साधारणसभा आह्वान

सिटिजन्स बैंकको वार्षिक साधारणसभा आह्वान


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही असोज २० गते आइतबार बसेको सञ्चालक समितिको चार सय ६५औँ बैठकले यही कात्तिक १२ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्यार्टरसमा आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट चार प्रतिशतका दरले हुन आउने ५६ करोड ८० लाख ३८ हजार नौ सय ६० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशतका दरले हुन आउने दुई करोड ९८ लाख ९६ हजार सात सय ८७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको असोज २९ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द भइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x